डीआईजीको फुली लगाउनुभन्दा केही घण्टा अगाडि खनालले गरे काठमाडौंमा कमाल
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर, काठमाडौंले दुई करोड ३३ लाख २८ हजार बराबरको लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ ।
ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गरेर एक किलो ८० ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकहरूलाई पक्राउ गरेको जनाए हो । ठमेलबाट दुई जना विदेशी नागरिकलाई लागुऔषधसहित पक्राउ गरिएको ब्यूराेले बताएकाे छ ।
गोप्य सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले वैशाख ५ गते बिहान ९ बजे ठमेलस्थित एक होटेलबाट भारतको अलिगर, उत्तरप्रदेश ठेगाना भएका ५१ वर्षीय रविन्द्रकुमार पराशरलाई पक्राउ गरिएको थियाे ।
प्रहरीले केनियाकी नागरिक ६३ वर्षीया फिलिसिला वान्जा नादिरितुलाई ठमेलको अर्को होटेलबाट १ हजार डलर र लागुऔषधसहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दुई जना विदेशी नागरिकलाई ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि म्याद थप गरेको प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोका कार्यालय प्रमुख (एसएसपी) खनालको डीआईजीमा बढुवा भएकै दिन काठमाडौंमा ठूलो परिमाणमा लागुऔषध कोकिन बरामद भएको छ ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया