कांग्रेस नेता महरद्वारा लामिछानेबारे गोप्य कुराको खुलासा
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन् ।
बुधबार काठमाडौंको पुतलीसडकमा शंकरदेव क्याम्पसले नेविसंघको ५४औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरले नेविसंघले नेपालको राजनीतिमा पुर्याएको योगदानको चर्चा गरेका हुन् ।
उनले भने, ‘२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो । तीन धारा पाठशालामा तनहुँका श्रीवध्र शर्माहरूले नेपाली विद्यार्थीले गणित, विज्ञान र सामाजिक विषय पढ्न पाउनुपर्छ भनेर आन्दोलनको शंखघोष गरेको दिन हो ।’
नेविसंघका पूर्वअध्यक्ष समेत रहेका महरले नेपालमा यात्रायात, शिक्षा, स्वास्थ्य सबै लथालिंग भएको बेला नेविसंघले ती क्षेत्रको व्यवस्थापनका लागि नेविसंघले आन्दोलनको आधिभेरि ल्याएको थियो ।’
कांग्रेसले प्रजातन्त्र ल्याइसकेपछि नेपालमा थुप्रै विश्वविद्यालय स्थापना भएको महरले बताएका छन् ।
उनले भने, ‘अब नि:शुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित सञ्चार, उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भन्ने मूल मर्मलाई राजनीतिज्ञले आत्मसाथ गर्नुपर्छ । यो मुद्दा अझैँ कार्यान्वयन भएको छैन ।’
विद्यार्थीको सर्टिफिकेट धितो राखेर राज्यले पढ्न पाउने प्रवन्ध गर्नेु पर्नेमा आफूहरूको मागको सामान्य सुनुवाइ भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको महरले बताएका छन् ।
नेता महरले उप–निर्वाचनमा चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।
‘केही व्यक्ति राजनीति फोहोर भयो’, उनले भने, ‘पुरानाहरूले काम गरेनन् भनेर जनतामा भ्रम छर्दै आएका थिए ।’
‘उनीहरू लगातार राज्यको नियम उलंघन गर्दैछन्’, कांग्रेसका नेता महरले भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षीत गर्दै महरले एक महिनामात्रै शासन चलाउँदा आदर्श छाट्नेहरू भ्रष्टाचारमा मुछिनु लज्जाको विषय भएको बताएका छन् ।
नयाँ अनुहार यति चाँडै कुरुप र कलंकित हुनुको कारण के हो ? भन्दै महरले प्रश्न गरेका छन् ।
सेतो बस्त्रमा लुकेर कालो अनुहार नछोपिने उनले बताएका छन् । महरले नेपालको गोप्य सूचना विदेश चुहाउन पनि केही व्यक्ति सक्रिय रहेको आरोप लगाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया