बालकोटमा भाजपाका नेता डा.चौथाइवालेलाई ओलीद्वारा भव्य स्वागत
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
मंगलबार भक्तपुरको बालकोटस्थित ओलीको निवासमा भेटवार्ता भएको हो । डा.चौथाइवा र ओलीबीच दुई मुलुकको सम्बन्धका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।
ओली र डा.चौथाइवालेबीच लामो सम्वाद भएको थियो । एमालेका नेता विष्णु रिमाल पनि भेटमा सहभागी थिए ।
यसअघि, डा.चौथाइवालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए ।
Published : Wednesday, 2023 April 19, 11:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया