सभापति लामिछानेका ड्राइभर घाइते भेटिए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ड्राइभर गम्भीर अवस्थामा फेला परेका छन् ।
चितवनको भरतपुरस्थित घरको छतबाट खसेर लामिछानेका ड्राइभर ३९ वर्षीय दिलबहादुर थापा ‘शम्भु’ घाइते भएका हुन् ।
थापा घरको तीन तलामाथिबाट तल खसेको प्रहरीले जनाएको छ । थापा सोमबार बिहान ४ बजे छतबाट खसेर घाइते भएको अवस्थामा फेला परेका थिए ।
थापाको स्थायी घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ मा पर्छ । प्रहरीका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ ।
ड्राइभर थापाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । थापा रास्वपाका महामन्त्री मुकुल कालका सवारी चालक कालुराम राजवंशीसँग सँगै राति छतमा सुतेका थिए ।
सभापति लामिछानेलाई लिएर ड्राइभर थापा आइतबार तनहुँको दमौली पुगेका थिए । लामिछानेले सोमबार बिहान भरतपुरका विभिन्न स्थानमा घरदैलो गर्ने कार्यक्रम थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया