रुम्जाटार र खिजिदेम्बा विमानस्थल सञ्चालन गर्न कांग्रेसका खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले देशमा बाँदर आतंक भएको भन्दै केही बाँदरलाई चीनतिर पठाउन ब्याङ्ग्य गरेका छन् ।
प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै खतिवडाले भने, ‘देशमा बाँदर आतंक छ । मैले एउटा समाचार सुनेको थिएँ । पढेको थिएँ । श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ, बेचे छ ।’
‘हाम्रो पनि आर्थिक संकट परिरहेको छ’, उनले भने, ‘केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस भनेर सरकारसँग अनुरोध गर्न चाहन्छु । कि मार्ने अनुमति दिइयो ।’
खतिवडाले ओखलढुंगामा दुई वटा विमानस्थल रहे पनि सञ्चालन हुन नसकेको भन्दै चिन्ता जनाएका छन् । उनले ओखलढुंगाका दुई वटा विमानस्थलहरू तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् ।
उनले भने, ‘ओखलढुंगामा रुम्जाटार र खिजिदेम्बामा दुई वटा एयरपोर्ट छन् । दुबै सञ्चालनमा छैनन् । तुरुन्त रुम्जाटार र खिजिदेम्बा एयरपोर्ट सञ्चालन गर्ने व्यवस्था होस् ।’
प्रतिनिधि सभाको बैठकमा केही सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेकोमा पनि खतिवडाले प्रतिवाद गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले भने, ‘भरखरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो । आज तीन बजे शपथग्रहण गर्ने भनेको सनेको छु । सूचना गर्ने माननीयज्यूलाई ३ बजे त्यहाँ उपस्थित हुन अनुरोध छ । दौरा सुरुवालमा जानु होला ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया