आईजीपी कुँवरद्वारा प्रहरीको सुरुवा र काजका लागि नयाँ नियम लागू
काठमाडौं । नेपाल प्रहरीले प्रहरी कर्मचारीको सरुवा र काजका लागि अन्तरिक सर्कुलर गरेको छ ।
प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले मातहतलाई मंगलबार सूचना जारी गरेर सरुवाका लागि अनुसूची १३ बमोजिमको फारम भर्न आग्रह गरेका छन् ।
सूचनामा भनिएको छ, ‘अनुसूची बमोजिम माग फारम भरी सरुवा माग नगरी एस.एम.एस., फोन वा अन्य माध्यमबाट माग गर्ने प्रहरी कर्मचारीको सम्बन्धमा (नीति, मापदण्ड बमोजिम बाहेक) कुनै पनि कारबाही नहुने र यस्ता प्रहरी कर्मचारीको छुट्टै अभिलेख समेत राखिने हुँदा सोही व्यहोरा मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई रोलकल तथा सूचना पाटीमा टाँस गरि अनिवार्य रुपमा जानकारी गराइ सोही बमोजिम आवश्यक कारबाही गर्नु गराउनु हुन समेत अनुरोध छ ।’
प्रहरी महानिरीक्षकमा बसन्तबहादुर कुँवर आउनेवित्तिकै सरुवा र काज सरुवाका विषयमा नयाँ नियम लागू गरेका हुन् ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया