मण्डिखाटारमा हेमा गुरुङको घरमा प्रहरी छापा, जुवाका खेलाडीहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–८ मण्डिखाटार डेरा गरी बस्ने ४२ वर्षीया हेमा गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङसमेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

झापाको कमल गाउँपालिका–३ केर्खा बजार बस्ने ३७ वर्षीय सुरेन राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राईसमेत १३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ६ सय रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Monday, 2023 April 10, 12:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया