नेपालको अर्थतन्त्र सुधार गर्न भारतसँग विशेष आर्थिक प्याकेज मागौं : नेता शाह
काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अभिषेकप्रताप शाहले नेपालको अर्थतन्त्र सुधारका लागि छिमेकी मुलुक भारतसँग सहायता माग्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता शाहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न भारतसँग प्याकेजको कार्यक्रम माग्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपालको अर्थतन्त्रलाई पुनर्स्थापनामा ल्याउन नेपाल सरकारले भारत सरकारसँग विशेष आर्थिक प्याकेज माग्नु पर्छ ।’
नेपालको अर्थतन्त्र पछिल्लो समय निकै कमजोर भएर गएको छ । अर्थतन्त्रलाई सुधार गर्न भारतले पनि सहयोग गर्नुपर्ने पूर्वसांसद शाहको भनाइ छ ।
Published : Monday, 2023 April 10, 10:54 am
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया