यी चार एआईजीले फुली लगाए

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका ४ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रहरी हेडक्वाटर नक्सालमा आइतबार प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

चैत २४ गते उनीहरूलाई सरकारले एआईजीमा पदोन्नति गरेको थियो । प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक बन्न आग्रह गरेका छन् ।

कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गरेका छन् । उनले माथिल्लो विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताएका छन् ।

कुँवरले सम्भावित अराजकतालगायतका कानूनविरुद्धका गतिविधिको आकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन निर्देशन दिएका छन् । उनले प्रहरी अधिकृतलाई निर्देशनसमेत दिएका छन् ।

Published : Sunday, 2023 April 9, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया