बालेनलाई संस्थागत विद्यालयहरूले टेर्लान् ? कि नेताहरूलाई गाली गरेर दुलोभित्र पस्छन् ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थात विद्यालयहरूलाई आफैले तोकेको स्थानबाट पाठ्यपुस्तक तथा स्टेशनरी विक्री नगर्न सचेत गराएको छ ।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार परिपत्र गरेर विद्यालयबाट नै पाठ्यपुस्टक, स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य नगराउन सचेत गराएका हुन् ।
उनले भनेका छन्, ‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधनसहित)मा व्यवस्था भएअनुसार विद्यालयहरू आफैले पाठ्यपुस्टक तथा स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमूना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको सबैलाई अवगतै छ ।’
‘यति हुँदाहुँदै पनि कतिपय विद्यालयहरूले विद्यार्थी तथा अभिभावकहरूलाई विद्यालयबाट नै पाठ्यपुस्तक स्टेशनरी तथा पोशाक खरिद गर्न बाध्य पार्ने गरेको भन्ने गुनासो यस विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरूले अनिर्वाय रुपमा निर्देशिका बमोजिम गर्न गराउनुप हुन अनुरोध गरिन्छ’, परिपत्रमा भनिएको छ ।
‘यदि नियम उल्लंघन भए गरेको पाइएमा कानून बमोजिम आवश्यक कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रिन्सिपल नै हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ’, शिक्षा अधिकारी सुवेदीले चेतावनी दिएका छन् ।
काठमाडौं उपत्यकाभित्रका संस्थागत विद्यालयहरूले शनिबारदेखि नै नयाँ भर्ना शुरु गरिसकेका छन् । उनीहरूले आफूहरूले तोकेको स्थानबाट स्टेशनरी, पोशाकसहितका सामग्री खरिद गर्नुपर्ने भन्दै लामो सूची थमाउन थालेका छन् ।
काठमाडौं महानगरपालिकाभित्रका संस्थात अर्थात निजी विद्यालयहरूले काठमाडौं महानगरपालिकाको आदेशलाई मान्छन् वा मान्दैनन् हेर्नुपर्नेछ ।
संस्थागत विद्यालयहरूले महानगरपालिकाको परिपत्रलाई मान्ने छाँटकाँट देखिएको छैन ।
सामाजिक सञ्जालमा नेताहरूलाई जथाभावी गालीगलौज गरेर चर्चामा आएका मेयर बालेन्द्र शाह ‘बालेन’ले संस्थागत विद्यालयहरूलाई नियमभित्र ल्याउन सक्छन् वा सक्दैनन् कि फेरि नेताहरूलाई गाली गरेर पन्छिन खोज्छन् हेर्न बाँकी छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया