मन्त्री शर्माद्वारा चलचित्र संघको तर्फबाट प्रदेश सांसद रोज राणालाई सम्मान
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले चलचित्र क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।
शनिबार काठमाडौंमा नेपाल चलचित्र संघले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले समाजमा चलचित्र क्षेत्रको योगदान विशेष रहेको बताइन् । उनले शिक्षामूलक चलचित्र निर्माण गर्न पनि सुझाव दिएकी छिन् ।
कार्यक्रममा मन्त्री शर्माले लुम्बिनी प्रदेशका सांसद रोज राणालाई सम्मान गरेकी थिइन् ।
संघको तर्फबाट मन्त्री शर्माले राणालाई सम्मान गरेकी हुन् । राणा नेपाली कांग्रेसको तर्फबाट प्यूठानबाट प्रदेश सभातर्फ निर्वाचन सांसद हुन् ।
राणा चलचित्र निर्माता तथा अभिनेता पनि हुन् । उनलाई चलचित्रको क्षेत्रमा विगतमा गरेको योगदानको स्मरण स्वरुप संघले सम्मान गरेको संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवक केसीसहितका कलाकारहरूको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया