कांग्रेस नेतृ ज्योत्सना महासंघको उपाध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं । विश्व हिन्दु महासंघको उपाध्यक्षमा नेपाली कांग्रेसकी नेतृ ज्योत्सना साउद चयन भएकी छिन् ।

बुटवलमा सम्पन्न महासंघको आठौँ केन्द्रीय महाधिवेशनबाट ज्योत्सना सर्वसम्मत उपाध्यक्ष चयन भएकी हुन् । उनले आफूलाई महासंघको गरिमामय पद उपाध्यक्षमा सर्वसम्मत गर्ने सम्पूर्ण प्रतिनिधि र अग्रजहरूप्रति आभार प्रकट गरेकी छिन् ।

महासंघको अध्यक्ष पदमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् ।

नवनिर्वाचित उपाध्यक्ष ज्योत्सनाले अध्यक्ष अधिकारीसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छिन् ।

ज्योत्सनाले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘मलाई पनि पुन: उपाध्यक्षको जिम्मेवारी दिनुभएकोमा सम्पूर्ण प्रतिनिधि साथीहरूमा हार्दिक आभार तथा धन्यबाद व्यक्त गर्दै वैदिक सनातन धर्म रक्षार्थ थप उर्जाका साथ कृयाशील रहने प्रण गर्दछु ।’

महासंघको उपाध्यक्षमा दोस्रो कार्यकाल चयन भएकी ज्योत्सना नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदकी पत्नी हुन् ।

ज्योत्सना कांग्रेसको राजनीतिमा सक्रिय छिन् । उनी कांग्रेसको उच्च पदमा नदेखिए पनि पार्टी संगठनमा उनको ठूलो योगदान छ ।

Published : Thursday, 2023 April 6, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया