काठमाडौंमा जुवाको अड्डामा प्रहरी छापा, ९ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–१० लोकतान्त्रिक चोकस्थित रामकुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2023 April 4, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया