जुवातास काण्डमा काठमाडौंबाट वाइबा पक्राउ परिन्, १२ जना साथीहरू पनि पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ ।
गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती पहेलो पुल नजिक ४० वर्षीया सञ्चीमाया वाइबाको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा वाइबा समेत १२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ८५ रूपियाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच, प्रहरीले रूकुम पूर्वको सिस्ने गाउँपालिका–४ काँडास्थित जंगलमा वेवारिसे अवस्थामा रहेको ५ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट धाउन्नेबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया