एमालेले हाइलेबलका नेतालाई कारबाही गर्ने
काठमाडौं । एमालेले नेता भीमबहादुर रावललाई कारबाहीको संकेत गरेको छ ।
शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरेको आरोप लगाएका छन् ।
रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको पौडेलले बताएका छन् । भीम रावल आत्मालोचना गरेर असल नेताको रुपमा अघि बढ्नुपर्ने उपाध्यक्ष पौडेलले चेतावनी दिएका छन् ।
रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लंघन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले उचित निर्णय लिने पौडेलले चेतावनी दिएका छन् ।
पौडेलले भने, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन । उहाँले पार्टीको निर्णय मान्नुभएको छैन ।’
‘अनुशासन उल्लंघन गर्नुभएको छ । पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ’, पौडेलले भने, ‘पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन् ।’
‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ’, पौडेलले भने, ‘कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् ।’
उनले भने, ‘नीति, विधिलाई पालना गर्नुस् । उहाँ नसचिए पार्टीले उचित निर्णय लिन्छ ।’ रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप पौडेलले लगाए ।
रावलले कहिले पत्रकार सम्मेलन गरेर र कहिले अधुरा सूचनाका आधारमा क्रियाप्रतिक्रियामा ओर्लिएर गल्ती गर्दै गएको पौडेलको भनाइ छ ।
‘घरी उहाँ पत्रकार सम्मेलन गर्नु हुन्छ, घरी क्रियाप्रतिक्रियामा ओर्लिनुहुन्छ । कतिपय अधुरा सूचनाको आधारमा प्रतिक्रियामा उत्रिनुहुन्छ’, पौडेलले भने, ‘भीम रावलले एकपछि अर्को गल्ती गर्दै गर्दै जानुभएको छ ।’
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया