सेनामा डा.शर्मासहित ३ जनाको पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । नेपाली सेनाको प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी डा.अरुण शर्मालाई प्रधान सेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सोमबार जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नति भएका प्राविधिक उपरथी डा. अरुण शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति भएका छन् ।
सोही अवसरमा प्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक महासेनानी र प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
Published : Monday, 2023 March 27, 3:46 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया