काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।
शंखरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा.४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको आइतबार साँझ मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएका तामाङको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी भनाइ छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाईफ कियर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शंखरापुर अस्पताल पठाइएको छ ।
उता, मोरङको कटहरी गाउँपालिका–४ स्थित रंगेली बिराटनगर सडकको जुडीपुलमा को.२ प ३५३० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक धनपालथान गाउँपालिका–७ बस्ने ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया