ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–९ सिमलटाडी चोकस्थित सडकमा मधेश प्रदेश ०३– ८६०० नम्बरको ट्रकले ना.२१ प ६९३८ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिएको छ । ट्रकको ठक्करबाट स्कुटर चालक राप्ती नगरपालिका–६ बस्ने ५६ वर्षीय नेटरी महतोको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–२ गाम्चास्थित धोबीखोलाको किनारमा सोही नगरपालिका–१३ बस्ने ७० वर्षीय काजीलाल श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्याउली बस्ने ५५ वर्षीय सोर्जे पुलामी मगर सोही ठाउँस्थित सामरी खोलाको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको बुटवल उप–महानगरपालिका–४ स्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया