७२ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूहअन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले तालिम समापन गरेकी छिन् । उनले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी छिन् ।
चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिएकी छिन् ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया