राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतद्वारा भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् ।

बुधबार शीतलनिवासमा राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सङले भेट गरेका हुन् ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

पौडेल फागुन २५ राष्ट्रपति भएपछि चिनियाँ राजदूत सङले पहिलो पटक भेट गरेका हुन् ।

Published : Wednesday, 2023 March 22, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया