खानसहित एघार जना स्थानीय नेताहरूको हत्या
लाहौर । पाकिस्तानमा बन्दुकधारीहरूले ४२ वर्षीय आतिफ मुन्सिफ खानसहित स्थानीय राजनीतिज्ञसहित ११ जनाको हत्या गरेका छन् ।
मंगलबार प्रहरीले दिएको जानकारी अनुसार परिवारबीचको दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको छ । पाकिस्तानमा अन्तर–पारिवारिक झगडा सामान्य रहेको छ ।
खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषदका नेता खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको स्थानीय प्रहरीले जनाएको छ ।
खान, अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी अधिकारी ओमर तुफेलले एएफपीलाई बताएका छन् । परिणामस्वरूप गाडीमा आगो लाग्यो र, यसमा सवार सबै जिउँदै जलेका छन् ।
खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाएर पुलिसमा उजुरी दर्ता गरेका तुफेलले जानकारीले दिएका छन् । पुनारो झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ ।
स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले घटनाको पुष्टि गरेका छन् । खान इमरान खानको नेतृत्वमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीआईआई) पार्टीका सदस्य थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया