बाघको आक्रमणबाट ज्यान जान थालेपछि लुम्बिनी कांग्रेसद्वारा पर्खाल लगाउन माग, क्षतिपूर्ति दिन आग्रह
काठमाडौं । नेपाली कांग्रेसले बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र वरपर रहेका सामुदायिक वन तथा खाता जैविक मार्ग भएर आवत जावत गर्ने जंगली जनावरको आक्रमणबाट सर्वसाधारणले ज्यान गुमाउनु परेको भन्दै नियन्त्रणका लागि लुम्बिनी प्रदेश सरकारसँग माग गरेको छ ।
लुम्बिनी प्रदेश सभामा कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मंगलबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएर बाघसहित जंगली जनावरको आक्रमणबाट भइरहेको जीवनको क्षतिप्रति गम्भीर हुन माग गरेका हुन् ।
तिमिल्सिनाले बर्दिया, बाँके लगायतका आसपासका जनताले जंगली जनावरको आक्रमणबाट अकालमा ज्यान गुमाउनु परेको बताएका छन् । उनले अहिलेसम्म बाघको आक्रमणबाट २७ जनाले ज्यान गुमाइसकेको बताए ।
चैत ६ गते पनि बर्दियाको मधुवन नगरपालिका ५ चिरौटे सामुदायकि वनमा ५५ वर्षीया समुन्द्री बुढाथोकी र ५० वर्षीया धनसरी गुरुङको मृत्यु भएको छ । मृत्यु भएका बुढाथोकी र गुरुङको परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि लुम्बिनी सरकारसँग कांग्रेसले माग गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले मावन र वन्यजन्तुबीचको द्वन्द्वलाई दीर्घकालीन रुपमा अन्त्य गर्नका लागि निकुञ्ज र बस्ती तथा जनावर हिँड्ने आसपासको क्षेत्रमा यथाशीघ्र पर्खाल लगाउन माग गरेका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया