सीआईबीद्वारा बुढानिकलण्ठका श्रेष्ठलाई नयाँ बानेश्वरबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ४४ वर्षीय रमेशकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सोमबार व्यूरोको प्रहरी टोलीले श्रेष्ठलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
श्रेष्ठ बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी हुन् । उनको स्थायी ठेगाना दोलखाको भीमेश्वर नगरपालिका–१ चरिकोटमा पर्छ । श्रेष्ठ हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ माईक्रोपार्कमा बस्दै आएका थिए ।
उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपियाँ जरिवाना सजाय ठहर गरेको थियो ।
कैद सजाय र जरिवाना भएपछि श्रेष्ठ फरार रहेका थिए । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया