काठमाडौंका दुई ‘निकम्मा’ डीएसपीहरूलाई कारबाही
काठमाडौं । नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)द्वय रविन विष्ट र गणेशबहादुर बमलाई कारबाही गरेको छ ।
काठमाडौंको बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटना रोक्न नसकेको भन्दै प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी विष्टमाथि कारबाही गरिएको उच्च स्राेतले जनाएकाे छ । कारबाहीस्वरूप विष्टको ३ वर्ष बढुवा रोक्का भएको छ ।
बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरिएको थियो ।
बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डीआइजी मसाउद आलम खाँको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
विष्टको तीन वर्ष बढुवा रोक्का र प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी गणेशबहादुर बमलाई भने सचेत गराइएको छ । फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डीएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो ।
आन्दोलनकारीले अस्थायी प्रहरी बिट जलाएका थिए । ट्राफिक आइल्यान्डमा पनि तोडफोड भएको थियो । आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया