कन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ ।
मंगलबार मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरू सबैलाई परिपत्र गरेर विवरण माग गरेको छ ।
मन्त्रालयले तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको छ ।
मन्त्रालयका उप–सचिव कमानसिं थापा मगरले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको बताएका छन् ।
Published : Tuesday, 2023 March 14, 9:06 pm
बिचार/ब्लग
बिर्सनु हुँदैन : सरकार परिवर्तन न्याय होइन
डा. मनीष आचार्य

फेसबुकबाट तपाईको प्रतिक्रिया