श्रीमती संघद्वारा उपचाररत महिलाहरूलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुमलता सिंहले उपचाररत महिलाहरूलाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरेकी छिन् ।
बुधबार अध्यक्ष सिंहले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल र नेपाल प्रहरी अस्पताल महाराजगंजको प्रसुति गृहमा उपचाररत महिलाहरूलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेकी हुन् ।
११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट अध्यक्ष सिंहले दुबै प्रसुति वार्डमा गरी जम्मा १ सय १५ जना महिलालाई विभिन्न खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको थियो ।
परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल थापाथलीमा सोही अस्पतालका उप–निर्देशक डा. सन्देश पौडेल, नर्सिङ प्रमुख आशा प्रजापति, ओसिएमसीका प्रमुख सुकुमाया तामाङ र नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल प्रहरी अस्पताल महाराजगंजमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, प्रहरी कर्मचारीहरू र अस्पतालमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया