एमालेका नेता रामबहादुर थापाको दुर्घटनामा मृत्यु
काठमाडौं । एमालेका नेता रामबहादुर थापा ‘गोपाल’को सडक दुर्घटनामा मृत्यु भएको छ ।
प्यूठान जिल्ला कमिटी सदस्य थापाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको एमालेद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ ।
एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ पार्टी सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत उनलाई जिम्मेवारी तोकिएको स्थानीय तह सरुमारानी गाउँपालिका जानेक्रममा फागुन २० गते माण्डवी गाउँपालिका– ५ आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
थापाको निधनबाट पार्टीलाई अपूरणीय क्षति भएको एमालेले जनाएको छ । सोही दुर्घटनामा प्यूठान जिल्ला कमिटी सदस्य वसन्ता भुसाल आचार्यको उपचार भइरहेको छ ।
Published : Monday, 2023 March 6, 6:15 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया