खड्गप्रसाद ओलीले आफ्नै जिल्लाको एमाले बचाउन सकेनन्

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा एमालेभित्र बबण्डर भएको छ ।

एमालेको जिल्ला उप–सचिव चन्द्रमाया श्रेष्ठसहित ५ जनाले पार्टी छाडेका छन् ।

उनीहरूले एमाले भन्ने पार्टी सत्ता र गुट स्वार्थको हाबी बढेको भन्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

शुक्रबार भद्रपुरमा पत्रकार सम्मेलन गरेर श्रेष्ठसहितका एमालेका नेता कार्यकर्ताले पार्टी परित्याग गरेको जनाएका छन् ।

भद्रपुर नगरपालिकाकी पूर्व उप–प्रमुख समेत रहेकी श्रेष्ठ, एमाले कोशी प्रदेश कमिटी सदस्य पदम थापा, झापा क्षेत्र नम्बर ३ का सदस्य सज्जाद आलम, एमाले बाह्रदशी गाउँपालिका सदस्य हवालोदिन मियाँ र बाह्रदशी सचिवालय सदस्य रहिम मियाँले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन् ।

श्रेष्ठले एमालेमा लागेको ३० वर्ष लामो यात्रालाई टुंगाएको बताएकी छिन् । झापा एमालेका अध्यक्ष ओलीको गृहजिल्ला पर्छ । आफ्नै जिल्लाको एमालेलाई ओलीले एकजुट राख्न नसकेको आरोप छ ।

Published : Friday, 2023 March 3, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया