म्युजिक अवार्डका लागि आवेदन खुला, सहभागी हुन पैसा नलाग्ने
काठमाडौं । ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२३’को तेस्रो संस्करण हुन लागेको छ ।
अवार्ड कार्यक्रममा गीत, संगीत दर्ता गर्न कुनै पनि शुल्क लाग्नेछैन । सबै प्रकारका गीतहरू दर्ता गरिनेछ ।
अवार्डका अध्यक्ष सूर्य चन्दले सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिन लागेको बताए । उनले सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीको लागि कला, संस्कृति तथा सांगीतिक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिने बताए ।
अवार्ड कार्यक्रम विक्रम संवत् २०८० को वैशाख महिनाभित्र काठमाडौंमा गरिने अध्यक्ष चन्दले बताएका छन् ।
म्युजिक अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको छ । फारम भर्न निःशुल्क भर्न पाइनेछ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्नेछ ।
अवार्ड कार्यक्रमको निर्देशक सुमन पण्डित ‘बैरागी’ रहेका छन् ।
उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तीज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई पनि सम्मान गरिनेछ ।
ललितकलाका ५ वट विधालाई समेटेर आयोजना गरिएको यो अवार्ड कार्यक्रम नेपालको पहिलो अवार्ड रहेको आयोजकको दाबी छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया