बौद्धमा प्रहरीद्वारा जुवातासको खालमा छापा, १५ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंमा जुवातास खेल्ने समूहका १५ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपियाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
जुवातास खेल्नेहरूलाई पक्राउ गरेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Published : Tuesday, 2023 February 28, 9:19 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया