नेविसंघको आयोजनामा पुल्चोक क्याम्पसमा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रम हुने
काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको आयोजना र नेपाल विद्यार्थी संघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ‘अल नेपाल ह्याकाथुन’ कार्यक्रमको आयोजना हुन लागेको छ ।
फागुन १६, १७ र १८ गते पुल्चोक क्याम्पसमा हुने ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आमनागरिकले भोग्दै आएका समस्याहरूलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने जनाइएको छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले ह्याकाथुन कार्यक्रमको तयारीबारे जानकारी दिँदै अहिले त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बताए ।
विद्यार्थी, त्रिभुवन विश्वविद्यालयको विकल्प खोजिरहेको उनको दाबी छ ।

Published : Saturday, 2023 February 25, 3:45 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया