प्रतिनिधि सभाकी सांसद सहनाज रहमानको निधन
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)कि सांसद सहनाज रहमानको निधन भएको छ ।
प्रतिनिधि सभाकी समानुपातिक सांसद रहमानको हृदयघातका कारण निधन भएको हो । उनी जसपाको केन्द्रीय सदस्य समेत थिइन् ।
जसपाको भ्रातृ संस्था गैर भौगोलिक एकाइले आयोजना गरेको पिकनिकमा भक्तपुर गएकी सांसद रहमान खाना खाए लगत्तै ढलेकी थिइन् ।
उनलाई तत्काल नयाँ ठिमीमा रहेको मध्यपुर अस्पताल पुर्याइएको केही समयमा चिकित्सकले मृत घोषण गरेको जसपा सांसद प्रदीप यादवले बताएका छन् ।
सांसद रहमानका परिवारका सदस्यहरू पनि पिकनिकमा सँगै गएका थिए ।
Published : Saturday, 2023 February 25, 2:12 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया