कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाउने सहमति
काठमाडौं । राष्ट्रपति निर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाउने भएको छ ।
कांग्रेसले शनिबार बिहान साढे ८ बजेका लागि कार्यसमितिको बैठक बोलाउने तयारी गरेको बुझिएको छ ।
कांग्रेसका एक नेताले शनिबार बिहान केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा बिहीबार शीर्ष नेताहरूका बीच सहमति भएको बताएका छन् ।
बैठकको निर्णयपछि कांग्रेसले सोही दिन राष्ट्रपतिमा उम्मेदवारी दिनेछ ।
कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिको उम्मेदवारमा चर्चामा छ ।
Published : Thursday, 2023 February 23, 10:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया