युक्रेनसँग युद्ध चलिरहेका बेला रुसका राजदूत नोभिकोभद्वारा परराष्ट्रमन्त्री पौड्यालसँग भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई ए. नोभिकोभले शिष्टाचार भेट गरेका छन् ।
बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री पौड्याल र राजदूत नोभिकोभबीच दुई मुलुकको आपसी सम्बन्धका विषयमा छलफल भएको हो ।
‘भेटमा आपसी हितका विषयमा छलफल भएको थियो’, परराष्ट्र मन्त्रालयले जनाएको छ ।
झण्डै एक वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धकै बेला युक्रेनको भ्रमण गरेका छन् ।
रुस र युक्रेनको युद्धलाई लिएर कुटनैतिक सम्वादहरू भइरहेका बेला नेपालका लागि रुसका राजदूत नोभिकोभले नेपाल सरकारका परराष्ट्रमन्त्री पौड्यालसँग भेटवार्ता गरेका छन् ।
Published : Thursday, 2023 February 23, 9:03 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया