नागार्जुनमा जवाडेका नाइके पोखरेलसहितको ग्याङ पक्राउ
काठमाडौं । काठमाडौंमा प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गामा जुवा तास खेल्ने ६ जनाको समूहलाई पक्राउ गरेको छ ।
४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । उपेन्द्र पोखरेलले भीमढुंगाको धनसारमा जुवाडेहरू जम्मा गरेर जुवा खेलाउँदै आएका छन् ।
उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार रुपियाँसहित पक्राउ गरेको छ ।
उनीहरूको साथबाट प्रहरीले ६ बुक तास पनि बरामद गरेको छ । जुवातास खेलेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पक्राउ पर्नेमा हरिचन्द्र गिरी, गोकुल गिरी, दिनेश खनाल, राजु गिरी, सानुभाइ तामाङ्ग रहेका छन् ।
प्रहरीले छापामारेपछि साे घरमा जुवातास खेल्नेमध्येका ३० जना फरार भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया