उपत्यका अपराध कार्यालयद्वारा पोखराकी कञ्चनलाई काठमाडौंमा पक्राउ
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनले नक्कली सवारी चालक अनुमति पत्र बनाउने तीन जनाको समूहलाई पक्राउ गरेको छ ।
कार्यालयका सूचना अधिकारी तथा एसपी सोमेन्द्रसिंह राठौरले काठमाडौंका विभिन्न स्थान र समयमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
एसपी राठौरद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, ‘काठमाडौं उपत्यकामा केही व्यक्तिहरूले कीर्ते गरी नक्कली स्र्माट सवारी चालक अनुमति पत्र बनाइ प्रयोग गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा यस कार्यालयबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको छ ।’
पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका १ घर भइ हाल ललितपुरको नखीपोट बस्दै आएकी ३४ वर्षीया कञ्चन गुरुङ, नुवाकोटको लिखु गाउँपालिका ४ घर भइ हाल काठमाडौंको टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोटको लिखु गाउँपालिका ४ घर भइ हाल काठमाडौंको तारकेश्वर बस्ने ३६ वर्षीय राजन तामाङ रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि प्रारम्भीक अनुसन्धान गर्ने क्रममा कञ्चन गुरुङले आफ्नो फोटो गंगा तामाङको नामको सवारी चालक अनुमति पत्र र रू. ५ हजार आफ्ना चिनजानका मानिस अनिल राईलाई दिएको खुलेको छ ।
अनिल राईले आफूले रू. १५ सय लिइ उक्त फोटो, कागजात र रू. ३५ सय राजन तामाङलाई दिएको अनुसन्धानबाट खुलेको छ । राजन तामाङले ३५ सय लिइ गंगा तामाङको सवारी चालक अनुमति पत्रमा कञ्चन गुरुङको फोटो टाँसी नक्कली स्मार्ट सवारी चालक अनुमति पत्र बनाइ दिएको तथा उनले अन्य धैरै व्यक्तिहरूलाई नक्कली सवारी चालक अनुमति पत्र उपलब्ध गराएको खुल्न आएको विज्ञप्तिमा उल्लेख छ ।
राजन तामाङले यसअघि पनि लिखितमसम्बन्धी कसूरमा जिल्ला प्रहरी परिसर, जावलाखेल, ललितपुरबाट पक्राउ परी मुद्दा चलेको एसपी राठौरद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया