अभिनेत्री प्रियंकाकी सासुको विदेशी नागरिकसँग इन्गेजमेन्ट, शुभकामना पनि दिइन्

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासु रविना देशराजले विदेशी नागरिकसँग इन्गेजमेन्ट गरेकी छिन् ।

बैंककी पूर्व जागिरे रविनाले कथित भ्यालेन्टाइन्स डेका दिन ‘प्रेमी’ स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन् । बैंकको जागिर छाडेपछि रविना विदेशी प्रेमीसँग डेटिङमा छिन् ।

रविनाले यसबारे सामाजिक सञ्जालमा जानकारी दिएकी छिन् । रविनाले प्रेमीसँगको फोटो पनि सेयर गरेकी छिन् ।

‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ’, प्रियंकाकी सासु रविनाले भनेकी छिन् । रविनाकी बुहारी प्रियंकाले शुभकामना समेत दिएकी छिन् । प्रियंकाले भनेकी छिन्, ‘बधाइ छ, नयाँ सुरुवात ।’

रविनाले मेगा बैंकको कायममुकायम कार्यकारी अधिकृत पदबाट राजीनामा दिएर विदेशी नागरिकसँग विवाह गर्न लागेकी छिन् ।

रविनाका छोरा आयुष्मान देशराज कलाकार हुन् । आयुष्मान र प्रियंकाकी छोरी छिन् । रविना नातिनिकी हजुरआमा हुन् । रविनाका दुई छोराहरू छन् । उनीहरू दुबै कलाकार हुन् ।

Published : Thursday, 2023 February 16, 6:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया