ठूलो परिमाणमा भारतीय रुपियाँ नेपाल भित्रियो
काठमाडौं । प्रहरीले महोत्तरीमा ठूलो परिमाणको भारतीय रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
मटिहानी नगरपालिका–८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपियाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज.०६ प ६६६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००/१०० थानका ३४ बन्डल गरी उक्त भारतीय रूपियाँ र मोटरसाइकलसहित उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय स्रोत नखुलेको रकम बरामद भएको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी
( सुचना समन्वय तथा संप्रेषण शाखा)
प्रतिबन्धित रकम सहित मानिस पक्राउ
घट्ना व्यहोराः- मिति २०७९।११।०२ गते बिहान अ.०९;४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत प्रहरी चौकी मटिहानी महोत्तरी समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला महोत्तरी मटिहानी न.पा.वडा न.८ स्थितमा ऐ.ऐ. बस्ने महेन्द्र यादवको छोरा अं.वर्ष २९ को महेश यादवले नेपाल-भारतको सिमाना (दशगजा) बाट नेपालतर्फ चलाई आंउदै गरेको Hero कम्पनीको कालो निलो रंगको ज ६ प ६६६४ नंम्बरको splendor मोटरसाईकलको ट्याङ्की भित्र लुकाई छिपाई ल्याएको अबस्थामा प्रतिबन्धित भारतिय नोट ५०० सयको ३४०० थान (३४ बन्डल) १७ लाख (नेपाली रुपैया २७,२०,०००।-) बरामद भएको ।
पक्राउ मानिसः-
१-जिल्ला महोत्तरी मटिहानी न.पा.वडा न.८ बस्ने महेन्द्र यादवको छोरा अं.वर्ष २९ को महेश यादव ।
बरामद दशीः-
१- Hero कम्पनीको कालो निलो रंगको ज ६ प ६६६४ नंम्बरको splendor मोटरसाईकल
२- भारतिय नोट ५०० सयको ३४०० थान (३४ बन्डल) १७ लाख (नेपाली रुपैया २७,२०,०००।-)
३- Realme कंम्पनीको स्क्रिनटर्च मोबाईल थान-१
कानुनी कारवाहीः- विदेशी विनियम ( नियमित गर्ने ) ऐन २०१९ अन्तर्गत आवश्यक कारवाहीको लागी श्री राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाईने ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया