काठमाडौंमा व्यूरोद्वारा फेरि ठूलो माछा पक्राउ, सानाहरू पनि तानिए
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले १३ जना लागुऔषध कारोबारीहरूलाई पक्राउ गरेको छ ।
मंगलबार व्यूरोको मुख्यालयमा पत्रकार सम्मेलन गरेर व्यूरोका कार्यालय प्रमुख तथा एसएसपी विकासराज खनालले ४ जना थाई, २ भारतीय र ७ नेपाली नागरिकहरूलाई पक्राउ गरिएको जानकारी दिए । उनले बरामद भएको लागुऔषधको अवैध बजार मूल्य अन्दाजी ५१ लाख ४१ हजार ९ सय रहेको बताए ।
व्यूरोले लागुऔषध एम्पुलको अवैध बजार मूल्य प्रतिएम्पुल रू.१६८ को दरले २० हजार ३ सय एम्पुलको ३४ लाख १० हजार ४ सय रहेको छ ।
नाईट्राभेट ट्याब्लेटको अवैध बजार मूल्य प्रतिट्याब्लेट रू. ३० को दरले १२ हजार ९५० टयाब्लेटको अन्दाजी मूल्य ३ लाख ८८ हजार ५ सय रहेको एसएसपी खनालले बताए ।
चरेशको अवैध बजार मूल्य प्रतिकिलो ३५ हजारका दरले २३.८ किलाको बजार मूल्य ८ लाख ३३ हजार रहेको छ ।
खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम रू. १० हजारका दरले ५ लाख १० हजार रहेको एसएसपी खनालले बताए ।
पक्राउ पर्ने थाई नागरिकहरूमा ४८ वर्षीया यावलुक जुवाश्री, ४२ वर्षीया परिचार्ट पम्प्रक, २५ वर्षीय नट्टापोल ट्रीचैया र १९ वर्षीय नटनारी ट्रीचैया रहेका छन् ।
थाई नागरिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ १० गते काठमाडौंबाट बैंकक जान लागेका बेला २३.८ किलो चरेशसहित पक्राउ परेको एसएसपी खनालले बताए ।
व्यूरोले माघ २४ गते ३५ वर्षीय लाक्पा शेर्पालाई बुप्रेनोर्फिन डाइजेपाम र फेनरगन एम्पुल २० हजार ३ सय, नाईट्रभेट १२ हजार ९५० र नगद ४ लाख ५ हजारसहित काठमाडौंको दलाछीबाट पक्राउ गरेको व्यूरोका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका लाक्पाको स्थायी ठेगाना सोलुखुम्बुको माप्यदुधकोशी ४ मा पर्छ ।
लाक्पालाई बिक्री गरेको लागुऔषधको पैसा लिन सुन्धारामा आएका भारतीय नागरिक ३८ वर्षीय फैज अहमदलाई माघ २५ गते व्यूरोले पक्राउ गरेको छ ।
माघ २६ गते व्यूरोले धनुषाबाट सवारी साधनको व्यवस्था गरेर लागुऔषध काठमाडौं पठाउन सहयोग गर्ने धनुषा औरही ३ कपटोलका २९ वर्षीय अयान रेजा ‘रिहासद’लाई पनि व्यूरोले धनुषाबाटै पक्राउ गरेको छ ।
व्यूरोले धुषाकै ४५ वर्षीय जाकिर नदाफलाई पनि पक्राउ गरेको छ । उनले लागुऔषध लुकाइएको गाडीमा लाक्पासँगै आएर सहयोग गरेका थिए ।
लाक्पासँग लागुऔषध खरिद गर्दै आएका काभ्रेपलाञ्चोकको भुम्लु ४ का २४ वर्षीय दीपक तामाङलाई पनि प्रहरीले नगद ६ हजारसहित माघ २७ गते पक्राउ गरेको छ ।
माघ २७ गते व्यूरोले काठमाडौंमलबाट लाक्पा शेर्पासँग लागुऔषध खरिद गर्दै आएका नुवाकोटको शिवपुरी ८ का २९ वर्षीय लक्ष्मण बखतीलाई पनि ६ हजार नगदसहित पक्राउ गरेको छ ।
खैरो हेरोइन ३९ ग्रामसहित माघ २७ गते सिनामंगलमा रहेको एक होटेलबाट मोरङको लेटाङ २ का ३४ वर्षीय रोशन रिसाललाई पक्राउ गरिएको छ । केराबारी ३ का ३५ वर्षीय अमित श्रेष्ठलाई पनि प्रहरीले ३८ ग्राम हेरोइनसहित पक्राउ परेको छ ।
खैलो हेरोइनसहित माघ २९ गते कोटेश्वरको एक होटेलबाट व्यूरोले भारतको बिहान राज्यको मधुवानी जयनगर हथलेटेवा ४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई पक्राउ गरेको छ ।
व्यूरोद्वारा यसअघि पनि ठूलो परिणाममा लागूऔषध बरामद गर्नुका साथै थुप्रै मानिसहरू पक्राउ गरेर कारबाही गरिसकेको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया