मोनिका ट्रष्टद्वारा जेहेन्दार र आर्थिक अवस्थाले कमजोर विद्यार्थीलाई कपडा सहयोग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तरुण विभागका पूर्वसचिव श्याम श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीलाई कपडा वितरण गरेका छन् ।

आफ्नी जेठी छोरी स्व.मोनिका श्रेष्ठको स्मरणमा उनले नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका– ६ मा रहेको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थी जो आर्थिक अवस्थाले कमजोर र जेहेन्दार छन् उनीहरूलाई सानो सहयोग गर्न पाउँदा खुसी लागेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भने, ‘मैले गरेको यो सहयोग सानो हो । तर, बेलाबेला ट्रष्टले नवलपुरका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ ।’

मोनिका श्रेष्ठ मेमोरियल ट्रष्टले जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग गर्दै आएको छ ।

कपडा वितरण कार्यक्रममा नेपाली कांग्रेस नवलपुर क्षेत्र नं. २ का सभापति सूर्य गुरुङ, प्रदेश क्षेत्र नं. १ को सभापति रामचन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि भलमाया बिक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2023 February 14, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया