रसुवामा नेविसंघको सर्वसम्मत कार्यसमिति, अधिवेशन गर्ने पहिलो जिल्ला बन्यो
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ ।
सर्वसम्मत रुपमा सम्पन्न भएको अधिवेशनले देशभरका ईकाइहरूलाई प्रेरणा पुगेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले तीन महिनाको समय सीमा दिँदै ३५ वटा जिल्लालाई अधिवेशन गर्न निर्देश दिएका थिए ।
रसुवामा अधिवेशन गराउने जिम्मा पाएका सालिग्राम सन्तोष अधिकारीले डेढ महिनाभित्रै अधिवेशन गराएर रसुवालाई देशभरकै पहिलो अधिवेशन गराउने जिल्लाको घोषणा गरेका छन् ।
विगत लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशन प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद मोहन आचार्य, विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा र नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि सरोज तिमल्सिनाको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।
शालिकराम अधिकारीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष कपिल पौडेल तथा अन्य पदाधिकारीहरू सर्वसम्मत चयन भएको नेपाल विद्यार्थी संघका नेता सुशान्त सिटौलाले जानकारी दिएका छन् ।
अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति तथा प्रदेश प्रतिनिधिमा अध्यक्षमा कपिल पौडेल, उप–अध्यक्षहरूमा, बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् ।
त्यस्तैगरी सचिवमा डी.बी. तामाङ र सह–सचिवहरूमा नेमराज तामाङ, सविन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनीषा लामा चयन भएका छन् ।
कोषअध्यक्षमा सोजित तामाङ र सह–कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया