आयोजनाहरू वर्षौं वर्षसम्म अधुरै राख्नेहरूलाई अख्तियारले अब कारबाही गर्ने
काठमाडौं । जिम्मेवार पदमा बसेर कमिशन, घुस मागेर जनतालाई आजित बनाउनेहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक्सन लिइरहेका बेला
प्रमुख आयुक्त प्रेमकुमार राईले राज्यकोष दुरुपयोग र दोहन गर्नेलाई अनुसन्धानको दायरामा ल्याइने चेतावनी दिएका छन् ।
शनिबार नक्सालस्थित मुख्यालयमा आयोजित ३२औँ स्थापना दिवसका अवसरमा प्रमुख आयुक्त राईले पूर्वाधार निर्माण बर्सेनि ठूलो रकम खर्च भए पनि आवश्यक गुणस्तर कायम हुन नसकेको बताए । उनले दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको उल्लेख गरेका छन् ।
उनले विकासका पूर्वाधारको निर्माणमा स्रोतको दुरुपयोग बढेको बताएका छन् ।
पूर्वाधार निर्माणमा आवश्यकताको पहिचान नगरी अध्ययन, खरिद र ढिलासुस्ती गर्दा स्रोतको दुरुपयोग बढेको बताएका छन् ।
‘राज्यकोषको दुरुपयोग र दोहन बढेको छ, तीनै तहका सरकारबाट स्रोतको सुनिश्तिता र पर्याप्त पूर्वतयारी विना ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अधेरै छन्’, प्रमुख आयुक्त राईले भने, ‘यस्ता कार्यमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ ।’
विकास निर्माण वा अन्य कामका लागि परामर्श सेवा लिने, सम्भाव्यता अध्ययन वा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तर, कार्यान्वयन नगर्ने पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइने उनले बताएका छन् ।
पूर्वाधार निर्माणका लागि यन्त्र उपकरण खरिद गर्ने तर उपयोग नगर्ने र वर्षौँ वर्षसम्म अधुरै रहेका आयोजनामा संलग्न पदाधिकारीमाथि अनुसन्धान अघि बढाइएको प्रमुख आयुक्त राईले बताएका छन् ।
उनले भने, ‘सरकारी स्रातको हानिनोक्सानी तथा दुरुपयोगसम्बन्धी उजुरी बढेको छ ।’
‘जलविद्युत्, उद्योग तथा वस्तु र सेवाको उत्पादन र परिवहनमा अनुमतिपत्रसम्बन्धी व्यवस्थामा एकाधिकार र कार्टेलिङबारे आयोगले निगरानी र छानबिन कगरिरहेको छ’, उनले भनेका छन् ।
उनले प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी र बालुवा जथाभावीरुपमा उत्खनन र दोहन गर्ने कार्य नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् ।
उनले सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र सञ्चालन भएको देखाउने तर, कार्यस्थलमा अस्तित्वसम्म नभेटिने गरेको बताएका छन् ।
प्रमुख आयुक्त राईले यस सम्बन्धि छानबिन अघि बढाएको जानकारी दिए । राजस्व चुहावट, चोरी, निकारी, पैठारी, न्यून बिजकीकरण तथा राजस्व छली नियन्त्रण गरी राजस्व प्रशासनमा सुधार गर्न उनले सुझाव दिएका छन् ।
नेपाल भ्रष्टाचारको सूचांकमा अझै जोखिमपूर्ण स्थानमा रहेको उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया