एमालेद्वारा हत्या आरोपी सांसद कोइरीलाई निलम्बन गर्न र सुविधा कटौतिमा अबरोध
काठमाडौं । हत्या आरोपी एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गर्ने विषयमा एमालेले बचाउ गरेको छ ।
महोत्तरी–२ बाट निर्वाचित एमाले सांसद कोइरीलाई उच्च अदालत जनकपुरले थुनामा अनुसन्धान गर्न आदेश दिएको छ ।
सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या मुद्दामा कोइरीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
उक्त आदेशको अवज्ञा गर्दै कोइरी राजनीतिक शक्तिको आडमा संसद् प्रवेश गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर संसदीय प्रक्रियामै सहभागी भएका छन् ।
प्रहरीले कोइरीलाई फरारको सूचीमा रहेकोले अदालतको आदेश पालना गर्नका लागि सहयोग गरिदिन भन्दै संसद् सचिवालयलाई पत्राचारसमेत गरेको छ ।
कैद भुक्तान नगरी फरार अवस्थामा नै सांसद निर्वाचित भएर आएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पनि संसदीय प्रक्रियामा सहभागी भएका थिए ।
चौधरी हाल पक्राउ परेर जेल चलान भइसकेका छन् ।
यस्तो हुँदाहुँदै नियमावली मस्यौदा समितिले फरार सांसदलाई निलम्बन गर्ने र सुविधाबाट वञ्चित गर्न मौन रहेको भन्दै सबै दलका सांसदहरूले विरोध गरेका छन् ।
एमालेका सांसदहरूले हत्या आरोपी कोइरीको बचाउ गर्दै निलम्बन गर्ने तथा सुविधा कटौति गर्ने प्रस्ताव विरोध गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया