युएई भ्रमणमा अध्यक्ष अन्सारी, अरब पार्लियामेन्टका भाइस प्रेसिडेन्टसँग भेट

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र अरब पार्लियामेन्टको भाइस प्रेसिडेन्ट तथा युएई नेशनल काउन्सिलको सदस्य मोहम्मद अहमद अलियामाहीबीच भेटवार्ता भएको छ ।

बिहीबार बिहान युएईमा अन्सारी र अरब पार्लियामेन्टको भाइस प्रेसिडेन्ट मोहमदबीच भएको भेटवार्तामा नेपाली विद्यार्थीलाई छात्रवृद्धि दिने विषयमा छलफल भएको छ ।

छलफलमा अरब पार्लियामेन्टको भाइस प्रेसिडेन्ट मोहमदले नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने विषयमा आफूबाट हुने सयहयोग गर्ने आश्वासन दिएको अध्यक्ष अन्सारीले बताएका छन् ।

भेटवार्तामा नेपाल र युएईबीचको सम्बन्ध, विकास निर्माण र नेपाली कामदारहरूका समस्या तथा सुरक्षाका विषयमा पनि कुराकानी भएको अध्यक्ष अन्सारीले बताएका छन् ।

अध्यक्ष अन्सारी युएईको भ्रमणमा छन् । उनले विभिन्न पक्षसँग परामर्श गर्नेछन् ।

Published : Thursday, 2023 February 9, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया