ऋषि धमलामाथि शर्मिला वाइवाको हमलापछि एलिजाले दिइन् प्रतिक्रिया
काठमाडौं । डगी डान्स गरेर सामाजिक सञ्जालमा भाइरल बनेकी पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले प्रतिक्रिया दिँदै पतिसँग साथमा रहेको बताएकी छिन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत एलिजाले सात जुनीसम्म ऋषि धमलासँगै रहने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘जिन्दगी मा कहिले आँधी आउँछ, कहिले हुरी आउँछ तर, तिम्रो र मेरो माया प्रेम कहिले घट्ने वाला छैन । सँगै बाच्ने सँगै मर्ने कसम खाएर अगाडि बढेको हाम्रो जीवन सात जुनीसम्म हजुरलाई पाउँ भगवानसँग प्रथाना गर्छु ।’
पत्रकार धमलालाई कथित अभियन्ता शर्मिला वाईबाले सामाजिक सञ्जालमा विभिन्न लाञ्छनाहरू लगाएपछि एलिजाले सो प्रतिक्रिया दिएकी हुन् ।
शर्मिलाले धमलाविरुद्ध आफूसँग अडियो र भिडियोहरूसहितका प्रमाण रहेको भन्दै अदालतमा मुद्दा दिने तयारीमा रहेको अभिव्यक्ति दिएकी छिन् ।
केही अनलाइन र युट्युबले शर्मिलालाई पत्रकार धमलाकी पहिलो पत्नी भनेर समेत लेखेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया