कांग्रेस सभापति बानियाँद्वारा भक्तपुरमा डेरी उद्योगको अवलोकन
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले कृषिमा आधारित उद्योग, व्यवसायको संरक्षण गर्नुपर्ने बताएका छन् ।
बुधबार भक्तपुरको खरिपाटीस्थित डेरी उद्योगको अवलोकनका क्रममा कृषिमा आधारित उद्योग, व्यवसायलाई सरकारले विशेष सहुलियत दिनुपर्ने बताए । उनले कृषिमा आधारित व्यवसायले गाउँसम्म रोजगारी सिर्जना हुने बताएका छन् ।
दुग्ध पदार्थको दिगो बजारीकरणबारेमा सभापति बानियाँले जानकारी लिएका छन् । उनले उद्योग सञ्चालनमा हुने कठिनाइलाई सहज गर्न आफ्नोतर्फबाट हुने सबै सहयोग गर्ने आश्वासन पनि दिएका छन् ।
बागमती प्रदेश सभाका सांसद समेत रहेका सभापति बानियाँसँगै प्रदेश सभा सदस्य प्रभात तामाङ र सुरेश श्रेष्ठ, चागुनारायण नगर प्रमुख जीवन खत्रीलगायतले उद्योगको अवलोकन गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया