दाहाल बालकोट जान मानेनन्, आफै आए ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।
सोमबार बिहान दाहाल र ओलीबीच भेटवार्ता भएको हो । दाहाललाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।
दाहाल–ओलीबीच राष्ट्रपतिको निर्वाचनका विषयमा कुराकानी भएको बुझिएको छ ।
ओलीले एमालेलाई राष्ट्रपतिमा सहयोग गर्ने पूर्वसर्तअनुसार निर्णय हुनुपर्ने अडान राखेको बुझिएको छ ।
प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको धारणा अगाडि सारेको बुझिएको छ ।
एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई आफ्नो निवास बालकोट बोलाउने गरेका थिए । ओलीलाई भेट्न दाहाल आजकाल बालकोट जान छाडेका छन् ।
दाहाल बालकोट नआएपछि भेट्न ओली बालुवाटारपुगेका छन् । नेपाली कांग्रेसलाई राष्ट्रपतिमा माओवादीले सहयोग गर्छ कि भन्ने डर एमालेलाई छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया