तरुण दलद्वारा ल्होसारको शुभकामना प्रदान
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तामाङ जातीले मनाउने महान पर्व सोनाम ल्होसार एवम् नयाँ वर्षको अवसरमा शुभकामना दिएका छन् ।
आइतबार अध्यक्ष गुरुङले शुभकामना सन्देश जारी गरेर देश तथा विदेशमा रहेका सबैलाई शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ‘बिभिन्न जात, जाती, भेष, भुषा, वर्ण र संस्कृतिले सु–सज्जित भएको हाम्रो देशमा यस्ता पर्वहरूले आपसी सद्भावको भावनालाई परिस्कृत गर्दै जानेछ भन्ने विश्वास लिएको छु ।’
उनले ल्होसार पर्वमा सबैजनामा राष्ट्रको विकास, उन्नतिको लागि सम्पूर्ण नेपालीहरू एकताको सूत्र बाँधिन आवश्यक रहेको बताएका छन् ।
Published : Sunday, 2023 January 22, 1:22 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया