पत्रकार कुबेर गिरीलाई राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान
काठमाडौँ । ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार २०७८’बाट पत्रकार कुवेर गिरी सम्मानित भएका छन् ।
शुक्रबार पत्रकार गिरीलाई राष्ट्रपतिको कार्यालयमा सम्मानित गरिएको हो । गिरीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरेकी हुन् ।
चलचित्र, गीत, संगीतको क्षेत्रमा जबरजस्त पत्रकारिता गर्दै आएका गिरी रातोपाटी डटकममा कार्यरत छन् ।
नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टा सर्जकहरू मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु तथा पत्रकार डब्बु क्षेत्रीलाई पनि सम्मान प्रदान गरिएको छ ।
एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, चन्दनकुमार श्रेष्ठ, देवी घर्ती, रविन कार्की ढलीलगायतलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया