ओखलढुंगाका सैमल गुरुङलाई खतिवडाको शुभकामना, विकासमा केन्द्रित हुने प्रतिवद्धता
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले गुरुङ समुदायलाई ल्होसार र माघी पर्वको शुभकामना दिएका छन् ।
ओखलढुंगाबाट काठमाडौंमा आई बसोबास गर्ने तथा विभिन्न पेशा, व्यवसायमा संलग्न सैमल गुरुङ समुदायलाई ल्होसारको शुभकामना दिएका हुन् ।
सगरमाथा आखेलढुंगा सैमल गुरुङ (तमु) सेवा समाज, काठमाडौंले राजधानीमा आठौं वार्षिक साधारण सभा तथा ल्होसार बनभोज कार्यक्रम २०७९ को आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी सैमलु गुरुङ समुदायले नेता खतिवडालाई प्रतिनिधि सभामा निर्वाचित भएकोमा बधाइ तथा शुभकामना पनि दिएका छन् ।
उनीहरूले खतिवडालाई ओखलढुंगाको विकास र उन्नतिमा ध्यान दिन आग्रह गरेका छन् ।
खतिवडाले पनि ओखलढुंगाको विकासमा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । उनले आफूलाई ओखलढुंगाका जनताले बेलाबेला दवाव र सुझाव दिइरहनुपर्ने पनि उल्लेख गरेका छन् ।





बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया